AD (728x60)

Sunday, October 13, 2019

म कसरी अनलाइन मार्केटिङमा लागे

Share & Comment


नमस्ते मेरो नाम सुमन राई हो । मेरो जन्म २०५५ सालमा पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभाको मकालु ८ मा भएको हो । मेरो शिक्षाको शुभारम्भ गाउँकै कालिका प्रा. वि बाट भएको हो । मैले त्यस विद्यालयमा कक्षा २ सम्म पढेपछि गाउँकै आफन्त तथा काठमाण्डौंको Rising Lotus children Village नामक अनाथ आश्रमका व्यवस्थापक राजेन्द्र राईसंगको भेट भयो र उहाँकै सुझाव पाएर उहाँ मार्फत नै म काठमाण्डौं आउने मौैका पाएँ । काठमाण्डौं आएपछि आश्रमको बसाईसंगै Green field National schoolमा कक्षा U.K.G.मा भर्ना भई मेरो शिक्षा आरम्भ भयो । मैले यो विद्यालयमा कक्षा ३ सम्म मात्र पढ्ने अवसर मिल्यो र आश्रम सरेको हुँदा मैले विद्यालयपनि फेर्नुपर्ने भयो । त्यसपछिभने मैले Green village Education foundation विद्यालयमा कक्षा ४ मा भर्ना भई सोहि विद्यालयबाट वि.सं. २०७२ सालमा एस. एल. सि. उत्र्तिर्ण गर्न सफल भएँ । 

एस. एल. सि.को जाँच दिएर  खाली रहेको केहि समयमा म झापामा  दिदी र भेनासंग बस्न थालें । झापाको मेरो बसाई पनि मैले खाली रहन दिईनँ । करिब १२⁄ १५ जना साना भाईबहिनीलाई करिब तीन महिना Home Tution  पढाउने काम गरें ।

एस. एल. सि. को रिजल्ट पछि मैले पोखरामा रहँदै आउनुभएको दाई जितेन राई मार्फत पोखरा आउने मौका पाएँ । पोखराको बसाईमा मैले प्लस टु लेबलको पढाईलाई निरन्तरता दिँदै Pho99 Vietnamese रेष्टुरेण्टमा Waiter को रुपमा काम पनि गर्न थालें । सानै उमेरबाट मलाई पढाईसंगै कम्प्यूटर चलाउन, सिक्न, कम्प्यूटरमा बसेर काम गर्नमा  निक्कै रुची थियो । तर समय र अवसर भने मिल्न सकेको थिएन । पोखरा आएपश्चात मेरो पढाई र डिउटीबाहेक बचेको केहि समय घरमा बस्दा घरमा दाईले कम्प्यूटरमा बसेर काम गरेको नियाल्दै आएको थिएँ ।

बिस्तारै बुझ्दै जाँदा दाईले गर्दै आउनुभएको अनलाईन मार्केटिङ्ग (Easy1up) को काम मैले गर्दै आएको Waiter कामभन्दा धेरै फाईदा हुने, र यो काम गर्दा समय र स्थानको कुनै घेराबन्दि पनि नहुने पाएँ । त्यसमाथि आफ्नो रुचीको बिषयको काम पनि रहेको हुनाले मैलेपनि सन् २०१७ नोभेम्बर २४ मा मैले पनि Easy1up Join गरें ।

यो समयमा म आरुषि क्रियशन यू–ट्यूव च्यानलमा आबद्ध भएर फुल टाइम भिडियो ईडिटिङ्ग लगायतका कामहरु गर्नुपर्ने भएकोले सोचेको जत्ति Easy1up लाई समय दिन सकिनँ । Training हरु पनि हेरिनँ र सेल्स पनि गरिनँ तर म भन्दा पछि Join हुने साथीहरुले मैले भन्दा धेरै प्रगति गरेको देखेर एक प्रकारको इष्र्या लाग्न थाल्यो । त्यसपछि मैलेपनि Easy1up लाई फोकस दिन थालें र आजसम्म पनि निरन्तरता दिईरहेको छु र परिश्रम गरेअनुसार मैले हालसम्म १००० डलर भन्दा माथिको कमाई पनि गर्न सफल भइसकेको छु । मैले आफुले गरिरहेको कामबाट म एकदमै सन्टुष्ट छु । 


Tags:

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

Popular Content

Recent Posts

Why to Choose RedHood?

Copyright © Suman Rai Dot Com | Designed by Templateism.com