AD (728x60)

Wednesday, March 6, 2019

के हो अनलाईन मार्केटिङ्ग

Share & Comment

कुनै पनि कम्पनीले तयार गरेको उत्पादनलाई ग्राहकहरु समक्ष पु¥याउन गरिने विभिन्न क्रियाकलापलाई अथवा कुनै पनि कम्पनीको प्रोडक्टलाई ग्राहकहरुको आवश्यक्ता र चाहना अनुरुप उत्पादन गरेर त्यसको बारेमा ग्राहकहरुलाई पूर्ण जानकारी गराई प्रोडक्ट बिक्री वितरण गर्नुलाई नै वास्तवमा मार्केटिङ्ग भनिन्छ । प्रत्यक्षरुपमा ग्राहकसँग भेटेर प्रोडक्टको बारेमा जानकारी गराई बिक्री वितरण तथा प्रवद्धन गर्ने परम्परागत ढंगका मार्केटिङ्ग गर्ने तौर तरिकाहरुमा व्यापक परिर्वतन आएकोछ । प्रविधिले द्रुत गतिमा फट्को मारेको वर्तमान परिपेक्क्षमा ईन्टरनेटले विश्वका सबै मानिसहरुलाई एकै ठाउँमा उभ्याउन सफल भएको छ । त्यसैले त भन्ने गरिन्छ, आजको युग भनेको ईन्टरनेटको युग हो । डिजिटल प्रविधिको युग हो । अब झोलामा किताब, कलम, कापी बोकेर पढ्न लेख्न जाने परम्परागत शिक्षा प्रणालीहरु बिस्तारै डिजिटल युगमा प्रवेश गर्दैछन् । यसर्थ, प्रविधिले मारेको यो अदभुत फट्कोसँग सँगै मार्केटिङ्ग गर्ने तौर तरिका अनि रणनितिहरुमा पनि व्यापक परिवर्तन भएकोछ । त्यसैले पनि आजको मार्केटिङ्ग भनेको परम्परागत मार्केटिङ्गबाट आधुनिक मार्केटिङ्गमा परिमार्जित हुदै अनलाइन/ईन्टरनेट मार्केटिङ्गमा रुपान्तरण भएको छ ।

अनलाइन/ईन्टरनेट मार्केटिङ्ग भनेको यस्तो माध्यम हो, जसले कुनै कम्पनीको ब्राण्ड वा उत्पादनलाई ईन्टरनेटको सहायताबाट मार्केटिङ्ग गर्ने गर्दछ । अनलाईन/ईन्टरनेट  माकेर्टिङ्गमा कुनै पनि कम्पनीले विश्वका जुनसुकै, जस्तोसुकै ठाउँमा गएर न्यूनतम लागत र अति कम समयमा सजिलै मार्केटिङ्ग गर्ने क्षमता राख्दछ । त्यसकारण पनि परम्परागत मार्केटिङ्ग भन्दा अनलाइन/ईन्टरनेट मार्केटिङ्गको भविष्य उज्वल अनि फराकिलो छ। आजको बद्लिदो परिस्थितिमा विश्वका लाखौं करोडौं मानिसहरु सोसियल मिडियाहरु मार्फत हर पल, हर समय ईन्टरनेटमा कुनै न कुनै रुपले सक्रिय भईरहेका छन् । यती धेरै मानिसहरुको भिडमा कम्पनीहरुले आफ्नो प्रोडक्टहरु प्रत्यक्ष प्रवद्धन गर्न पाँउनु भनेको प्रविधिले दिएको भब्य अवसर नै हो भन्नु पर्दछ । जुन अवसर अनलाइन/इन्टरनेट मार्केटिङ्गले मात्र प्रदान गर्दछ ।

आजको यस्तो प्रतिस्पर्धात्मक परिस्थितीमा पनि कम्पनीहरुले आफ्नो ब्राण्ड वा प्रोडक्टलाई धेरै भन्दा धेरै मानिसहरु बीच एकै पटक प्रमोट गर्न अनलाइन/इन्टरनेट मार्केटिङ्गले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसकारण कम्पनीले सिमित स्रोत, कम लगानी र थोरै समयमा नै ग्राहकहरुसँग अनलाइन/इन्टरनेटको माध्यमबाट सोझो सम्पर्क स्थापित गर्न सक्नु नै अनलाईन/ईन्टरनेट मार्केटिङ्गको खुबी हो भने यस्ता मार्केटिङ्गको काम गर्ने व्यक्तिहरुलाई अनलाईन मार्केटर भनिन्छ । अनलाइन/इन्टरनेट  मार्केटरहरुले आफ्नो दरिलो इच्छा शाक्ति, कडा मेहनत अनि लगनसिल भएर हरेक कम्पनीका ब्राण्ड वा प्रोडक्टहरुलाई विश्वभरी प्रवद्धन गरिरहेका हुन्छन् ।

Tags:

Written by

We are Creative Blogger Theme Wavers which provides user friendly, effective and easy to use themes. Each support has free and providing HD support screen casting.

0 comments:

Post a Comment

 

Popular Content

Recent Posts

Why to Choose RedHood?

Copyright © Suman Rai Dot Com | Designed by Templateism.com